उद्घेश्य तथा कार्यहरु (Objectives and features)

सहकारीताको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासका लागि यस सस्थाका निम्न उद्घेश्यहरु रहेका छन् :
१ यस सस्था सलग्न सदस्यहरुमा आपसी सद्भावको विकास गरी नियमति वचत गर्ने बानीको विकास गरौ ।
२ सस्थाका सदस्यहरुको निक्षेप स्वीकार गरि उत्पादनशिल र आयमूलक उद्धृृेश्यको लागि सदस्य वर्गहरुलाई उचित ऋण प्रदान गर्ने ।
३ सदस्यहरु र समुदायकभित्र सामाजिक, शैक्षिक, सास्कृतिक,स्वास्थय,एवं पर्यावरण संरक्षण आदि जस्ता कृयाकलापको सम्वद्र्धन गर्ने ।
४. देशको चौतर्फी विकासको लागि जलविद्युत,यातायात,शिक्षा स्वास्थ्य,संचार,पर्यटन क्षेत्र,आवास योजना,प्लानिङ्गग,कम्प्लेक्स तथा सम्भावित क्षेत्रमा लगानी प्रर्वद्वन गर्ने ।
५. दातृ संस्थाहरुबाट निःशर्त प्राप्त हुने अनुदान स्वीकार गरि समाजको उत्थान र सदस्य वर्गहरुको जीवनस्तर विकासमा उपभाग गर्ने ।
६. आधिराज्यभर विभिन्न ठाउँहरुमा शाखा,उप–शाखा कार्यालयहरु खोली सर्वसाधारणहरुलाई सेवा पु–याउने ।
७. मुलुकको ग्रामिण भेगमा माइक्रो फाइनान्स कार्यक्रम गरि आर्थिक सरलिकरण गरि निम्न आय भएका वर्गको आर्थिक स्तर उठाउने ।
८. प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्ने ।
९. अभिवद्वि गर्ने विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्ने ।
१०. आफ्नो उद्देश्य पुरा गर्नको लागि समान उद्देश्य भएको स्थानीय,क्षेत्रीय,राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थासँग सहयोगात्मक भावना राखि कार्य गर्ने ।