परीकल्पना (Vision)

यस कार्य क्षेत्र भित्रका जनस्तरमा छरिएर रहेका तथा असङ्घठित साना–साना पुँजीलाई सङ्गठित गरि केहि गर्न चाहने तथा वित्तिय सहयोग अभावमा तड्पिरहेका वर्गलाई समेटी वचत परिचालन तथा श्रण प्रवाह गर्नुको साथै नेपाल राष्ट्रय बैकबाट स्वीकृति लिई सामान्य बैकिङ्ग कारोबार गर्दै सस्थाको कार्य क्षेत्रभित्र रही विकास निर्माण गर्न चाहने उद्योगपति, व्यापारी , मजदुर किसान पेशागत र निजि आय बढाउन चाहने तथा सिप विकास गरि आत्म निर्भर गर्न चाहने महिलाहरु परामर्श सेवा दिन चाहने विद्धत वर्गहरु आदि सबै तह र वर्गका समुहदायलाई सहकारी भित्र समाहित गराई विकसित र शन्तिपूण समाजको परिकल्पना गरिएको छ ।
सहकारीको सात सिद्वान्तलाई अनुशरण गर्र्दै २१ ओै शताब्दिको नयाँ विचार र स्रोतलाई सस्थागत गर्दै निकट भविष्यमा फाइनान्स कम्पनी , विकास बैक वा वाणिज्य बैक सम्मको सिढी क्रमस ः सफलतापूर्वक पार गर्दै जाने लक्ष्य राखेको छ । बढ्दो बेरोजगारी र गरीबीको कारण पिछडिएको मुलुकलाई केही राह्त पुगोस भनेर उत्पादनशील सिर्जनशील र पुयाउने लक्ष्यका साथ यस सस्थाको स्थापना भएको छ ।